काठमाडौं – नेपाली महिला टोलीले ओलम्पिक छनोटअन्तर्गत एसियाली प्रतियोगितामा म्यानमारविरुद्ध पहिलो हाफमा १–१ को बराबरी खेलेको छ ।


ADVERTISEMENT


समुहमा सबैभन्दा बलियो मानिएको म्यानमारबिरुद्ध नेपालले खेलको दोस्रो मिनेटमा नै अग्रता बनाएपनि १६ औ मिनेटमा म्यानमारले बराबरी गोल फर्काएको छ । घरेलु टोलीका खेलाडीले डिबक्समा फाउल गरेपछि नेपालले खेल सुरु भएको दुइ मिनेटमा पेनाल्टीको अवसर पाएको हो । जसमा नेपाली साबित्रा भण्डारीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । सुरुवाती अग्रतापछि हौसिएको नेपालबिरुद्ध म्यानमारले खेलको १६ औ मिनेटमा बराबरी गोल फर्काएको छ ।


ADVERTISEMENT

# # #


बराबरीपछि आक्रमक खेलिरहेको म्यानमारका धेरै प्रहार नेपाली गोलरक्षकले बिफल पारेकी छन् । सन् २०२० मा जापानमा हुने ओलम्पिकका लागि भएको छनोटमा म्यानमार नेपालको समूहमा रहेको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । यसअघि म्यानमारले बंगलादेशलाई ५–० को गोलअन्तरले पराजित गरेको थियो भने नेपालले छिमेकी भारतसंग १–१ को बराबरी खेलेको थियो । छनोटमा सहभागी १८ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहका शीर्ष दुई टोली सोझै दोस्रो चरणका लागि छानिनेछन् भने तेस्रो स्थानमा सीमित हुनेमध्ये उत्कृष्ट दुई टोली पनि अघिल्लो चरणका लागि लायक हुने जनाइएको छ । भियतनाम र उज्बेकिस्तानले वरीयताका आधारमा दोस्रो चरणमा स्थान बनाइसकेका छन् ।

अप्रिलमा हुने दोस्रो चरणको प्रतिस्पर्धामा ४ समूहका शीर्ष दुई गरी ८, तेस्रो हुनेमध्येका उत्कृष्ट दुई तथा भियतनाम र उज्बेकिस्तान गरी १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।