एजेन्सी– बार्सिलोनासँग लज्जासपद हारपछि रियल म्याड्रिडले सोमबार जुलेन लोपेटेगुईलाई बर्खास्त गर्दै एन्टोनियो कोन्टेलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गर्ने भएको छ ।


ADVERTISEMENT


गोल डटकमका अनुसार सोमबार म्याड्रिडको बोर्डको बैठक बसेर लोपेटेगुईलाई औपचारिक रुपमा पदमुक्त गर्ने भएको हो । आइतबार भएको क्लासिकोमा रियल बार्सिलोनासँग ५–१ गोल अन्तरले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


योसँगै रियल सन् २००९ पछि पहिलो पटक लिगमा लगातार तीन खेलमा पराजित हुन पुग्यो । हार पछि क्लब लिगको नवौँ स्थानमा झरेको छ भने शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा सात अंकले पछि परेको छ ।

बार्सिलोनाको जीतमा लुइस सुवारेजले ह्याट्रिक गरे भने फिलिपे काउन्टिन्हो र अर्टुरो भिडालले एक–एक गोल गरे ।

२–० ले पछि परेको स्थितिमा मार्सेलोले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे पनि उनको गोल सान्तवना गोल मात्र बन्न पुग्यो ।

क्लासिकोपछि पत्रकारहरुसँग कुरा गर्दै प्रशिक्षक लोपेटेगुईले क्लबले यो खराब समयबाट उठाउन आफूलाई समय दिनेमा आशावादी रहेको बताए । तर, क्लब स्रोतलाई उद्धृत गर्दै गोल डटकम लेख्छ, ‘हामीले निर्णय लिनुपर्छ । यही तरिकाले हामी अघि बढ्न सक्दैनौँ ।’

स्पेनका राष्ट्रिय टोलीबाट बर्खास्त भएपछि गत जुनमा ५२ वर्षीय लोपेटेगुईले रियलको नेतृत्व सम्हालेका थिए । तर, पोर्टोका पूर्व प्रशिक्षकको सिजनको शुरुवात नै खराब रह्यो । रियलले हालसम्म पाँच खेलमा पराजित भइसकेको छ ।

आइतबार क्लासिकोमा पनि पराजित भएपछि रियलले एन्टोनियो कोन्टेलाई सम्पर्क गरेको बताइएको छ । कोन्टेले पनि रियलको नेतृत्व सम्हालन तयार रहेको जानकारी दिएका थिए ।

हुनतः जिनेदिन जिदानले छाड्ने बित्तिकै रियलले कोन्टेलाई सम्पर्क गरेको थियो । तर, त्यतिबेला चेल्सीसँगको कुरा नमिलिसकेको कारण कोन्टेले रियलको अफर अस्वीकार गरेका थिए ।