काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमा राखिने भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंहका अनुसार उनको छातिमा संक्रमण देखिएको छ । रुघा खोकीसँगै ज्वरो बढेपछि गए राति प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल पुर्‍याइएको थियो ।


ADVERTISEMENT

# # #


उनको हाल मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा सिसियुमा राखेर उपचार भइरहेको छ । ‘थप एक दुई दिन अस्पतालमै निगरानीमा राख्ने छौँ’, सिंहले भनिन्, ‘थप उपचारका लागि विदेश लैजानेबारे सोचेका छैनौँ ।’