बाजुरा– बूढीनन्दा नगरपालिका–१ राउतवाडामा स्यालले गाउँमै पसेर पशु र मानिसलाई टोक्न थाले पछि स्थानीयवासी आतङ्कित भएका छन् ।


ADVERTISEMENT


बौलाह स्यालले पशु र मानिसलाई समेत टोक्न थालेपछि स्थानीयवासीले धपाउने प्रयासस गरेपनि स्यालको टोकाइबाट तीन पशु घाइते भएका थिए । स्यालले जयरुप गिरीको कुकुर, खेमराज गिरीको बाख्रो र रन्या गिरीको पाठोलाई टोकेको थियो ।


ADVERTISEMENT

# # #


यता पशु सेवा केन्द्रमा रेबिजविरुद्धको खोपसमेत सकिएको र नयाँ आर्थिक वर्षका लागि खरीद नभएको पशु चिकित्सक भरत जोशीले जानकारी दिए। वडाध्यक्ष नृप खत्रीले इलाका प्रहरी चौकी कोल्टीमासो घटनाबारे जानकारी गराउनुका साथै मानिस तथा पशु चौपायालाई सुरक्षित हुन आग्रह गरिएको बताए।