काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीलाई एक लाख घुसहित पक्राउ गरेको छ।


ADVERTISEMENT


प्रमुख प्रशासकिय अधिकृत सुवेदीले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार सुवेदीमाथि अनुसन्धान सुरु भएको छ ।