काठमाडौँ– फेसबुकका माध्यमबाट कता–कता लाइभ प्रसारण भइरहेको छ भनी जानकारी दिन सुरु गरिएको फेसबुक लाइभ म्याप विवादमा आएको छ । केही देशका नक्सा छेउका देशमा गाभिएको देखाइएकाले यसको विरोध हुन थालेको हो । उक्त लाइभ म्यापमा नेपाल र भारतबीच सिमानासमेत नरहेको देख्न सकिन्छ ।


ADVERTISEMENT


प्रत्यक्ष प्रसारण गरिरहेका र धेरैभन्दा धेरै व्यक्तिले एकैपटक हेरिरहेका पेज वा प्रोफाइल मात्र उक्त नक्सामा समावेश गरिनुलाई पनि धेरैले यसको कमजोरी भनी आरोप लगाइरहेका छन् । सबै लाइभबारे जानकारी दिन नसक्ने बेहोरा पहिले पनि फेसबुकले जनाइसकेको छ ।


ADVERTISEMENT

# # #


यस्तै विवादै विवादको सामना गरिरहेको फेसबुकलाई आफ्नो छवि सुधार्न अनेक मौका आइरहे पनि त्यसतर्फ ध्यान जानुको साटो यसले थप विवादित हुने कार्य मात्र गरिरहेको देख्न सकिन्छ ।