काठमाडौँ– बंगलादेशमाथि ९ विकेटको प्रभावशाली जित निकाल्दै डिफेण्डिङ च्याम्पियन ईण्डिया आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटको फाईनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


भारतले उपाधिका लागी पाकिस्तानसंग आइतबार प्रतिस्पर्धा गर्नेछ । बंगलादेशले प्रस्तुत गरेको २ सय ६५ रनको चुनौती उसले ५९ बल अगावै १ विकेट गुमाएर भेट्टायो । पहिलो विकेटको रुपमा शिखर धवन ४६ रनमा पभेलियन फर्केपनि दोस्रो विकेटका लागि रोहित शर्मा र कप्तान बिराट कोहलीले उत्कृष्ट साझेदारी गरेपछि उपाधि यात्रा तय गरेको हो ।


ADVERTISEMENT

# # #


१ सय २९ बलको सामना गरेका रोहितले अविजित १ सय २३ तथा कोहलीले ९६ रन बनाए रहे । यसअघि कार्डिफमा टस जितेको ईण्डियाले बलिङ रोजेपछि ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ६४ रनको सम्मानजनक स्कोर तयार पारेको थियो ।

बंगलादेशका लागि तामिम ईकवालले सर्वाधिक ७० र मुस्फिकर रहिमले ६१ रन बनाएका थिए । ईण्डियाका भुवनेश्वर कुमार, जसप्रित बुमरा र केदार जादवले समान दुई दुई विकेट लिए । ईण्डियाले उपाधिका लागि आईतबार चीर प्रतिद्धन्दी पाकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । यसअघि समुह चरणमा हारेको पाकिस्तानले भारतसंग बदला दिने मौका पाएको छ ।