काठमाडौँ– संसद र सरकारबीच केही दिनयता समस्या देखिन थालेको छ । संसदीय समितिमा मन्त्रीले दिएका जवाफमा सांसदहरु रुष्ट बनेका छन् ।


ADVERTISEMENT


संसदीय समितिमा दुई मन्त्रीले दिएको जवाफमा रुष्ट बनेका सांसदहरुले कारवाहीको माग गर्दै सभामुखलाई पत्र पठाएका थिए ।


ADVERTISEMENT

# # #


सभामुख कृष्णबहादुर महराले सरकारका मन्त्रीहरुको संसदका समितिमा दिएको जवाफबारे आफू गम्भीर रहेको बताएका छन् । उनले संसदीय समितिले दिएको निर्देशन सरकारले मान्नुपर्ने बताएका छन् । उनले संसद सरकारको छायाँ नभई वाच डग भएको स्पष्ट समेत पारेका छन् ।

केही दिनअघि विकास तथा प्रविधि समितिमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सभापतिको प्रश्नमा प्रतिवाद गरेका थिए । यस्तै चिनीको मूल्यका सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले समितिको निर्णय नमान्ने आशयको अभिव्यक्ति दिएका थिए । दुबै मन्त्रीको अभिव्यक्तिलाई लिएर सांसदहरु रुष्ट बनेका छन् ।