काठमाडौं– पछिल्लो समय ‘लासको अभिभावक’ भनेर चिनिने विनयजंग बस्नेतद्वारा निर्माण हुने लागेको वेवारिसे बृद्धबृद्धाहरुको लागि ‘बा आमा घर’को सहयोगमा हाँस्यकलाकार मनोज गजुरेलदेखि अभिनेत्री रेखा थापासम्मले साथ दिने भएका छन् ।


ADVERTISEMENT


कोही पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उद्देश्यले बस्नेतले गोदावरमिा रहेको आफ्नै जग्गामा निर्माण गर्न लागेको ‘बा–आमा घर’को सहयोगार्थ आयोजना हुने ‘हाँस्या व्यंग्यात्मक सांस्कृतिक साँझ’मा मनोज गजुरेल, अभिनेत्री रेखा थापा, गायक ईश्वर अमात्य, बुद्धिकृष्ण लामिछाने लगायत कलाकारको विभिन्न रोचक प्रस्तुति दिने भएका हुन् ।


ADVERTISEMENT

# # #


२२ असोजमा साँझ ५ बजे ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजना गरिएको उक्त साँझको उद्घोषक नरेश भट्टराई रहेका छन् । कार्यक्रममा लागूपदार्थ दुब्र्यसनी सम्बन्धी जनचेतनामुलक डकुमेन्ट्री ‘नदेखिएका आँसु’ समेत प्रदर्शन गरिनेछ ।

बुबाको मुख हेर्ने दिनको अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिका चाँगाथलीमा ‘एक्सन फर सोसल चेन्ज’ नामक सामाजिक संस्थाले निर्माण गर्न लागेको वृद्ध आश्रमको शिलान्यास महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गरेकी थिइन् ।

ललितपुरको महालक्ष्मीस्थान–७ चाँगाथलीमा उक्त संस्थाको अध्यक्ष विनयजंग बस्नेतको पिता श्याम बहादुर बस्नेत र आमा उबर्सी बस्नेतको स्मरणमा वृद्ध आश्रमको निर्माण हुदै छ ।

‘एक सोचले मानिसको जीवन परिवर्तन हुन्छ । अब बेवारिसेहरुको हामी हुनुपर्छ’ भन्ने मूल नाराका साथमा बस्नेतले विगत तीन वर्षदेखि सेवारिसे लासको अत्यष्ठी गर्दै आइरहेका छन् । उनले अहिलेसम्म ११५ बेवारिसे सबलाई आफ्नै हातले दाहसंस्कार गरिसकेका छन् ।

विभिन्न बाटा घाट,पाटीपौवामा भेटिएका वेवारिसे तीन दर्जनभन्दा बढी बिरामीहरूलाई औषधोपचार गरी पुनर्जीवन दिने काम समेत संस्थाले गरिसकेको छ ।