काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन भएको छ ।


ADVERTISEMENT


बलात्कारविरूद्धको रोष र निर्मलाका निम्ति न्यायका अभियन्ताले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा धर्ना र दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै प्रहरी महानिरीक्षक विदामा बसेर निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने नारा लगाइरहेका छन् । साउन ११ गते बलात्कारपछि हत्या गरिएकी पन्तको हत्यारा को हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।

यसअघि निर्मलाका बुवाआमाले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकलाई भेटेर छोरीका हत्यारा पत्ता लगाउन आग्रह गरेका थिए । यो घटनाको अनुसन्धानमा सुरूदेखि नै प्रहरीले लापरबाही गरेको कुरा गृहमन्त्री रामबहादुर थापाले नै सार्वजनिक गरेका छन् ।

घटनामा संलग्न भनेर प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्टको डिएनए निर्मलाको शरीरबाट लिइएको ‘भेजाइनल स्वाब’सँग नमिलेपछि उनी रिहा भइसकेका छन् । एसपी विष्टसहित तीन जनाको डिएनए रिपोर्ट पनि नकारात्मक आएको छ ।

यसैबीच गृहमन्त्री थापाले घटनालाई अनावश्यक राजनीतिकरण भएको बताएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारा पत्ता लाग्न १२ वर्षसम्म लाग्न सक्ने बताएका छन् ।