एजेन्सी– नेइमारको कीर्तिमानी ह्याट्रिकको सहयोगमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा शानदार जित निकालेको छ ।


ADVERTISEMENT


समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजीले रेड स्टार बेलग्राडलाई ६–१ को फराकिलो अन्तरले हराएको हो ।


ADVERTISEMENT

# # #


घरेलु मैदानमा पिएसजीलाई जिताउन नेइमारले ह्याट्रिक गरे भने एडिन्सन काभानी, एन्जल डी मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे । रेड स्टारका लागि मारिनले एक गोल फर्काएका थिए ।

खेलको पहिलो हाफमै पिएसजी चार शून्यले अगाडि बढेको थियो । उसका लागि नेइमारले खेलको २०औं र २२ औं मिनेट गोल गरे भने काभानीले ३७ औं र डी मारियाले ४१ औं मिनेटमा गोल गरे।

पिएसजीका लागि ७० औं मिनेटमा एम्बाप्पेले गोल गर्दै अग्रता ५–० मा पुर्‍याए । त्यसको चार मिनेटपछि मारिनले रेड स्टारका लागि गोल फर्काएउँदै खेललाई ५–१ को स्थितिमा पुर्‍याए ।

खेलको ८१ औं मिनेटमा नेइमारले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि पिएसजी ६–१ ले विजयी भयो ।

यो सँगै नेइमार च्याम्पियन्स लिगमा सबै भन्दा धेरै गोल गर्ने ब्राजिलियन खेलाडी काकाको कीर्तिमान बराबरी गरे । नेइमारले अहिलेसम्म च्याम्पियन्स लिगमा ३० गोल गरिसकेका छन् ।