लहान– मिर्चैया नगरपालिकाले कर वृद्धि गरेको विरोधमा विगत एक महीनादेखि जारी आन्दोलन फिर्ता भएको छ ।


ADVERTISEMENT


नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिबीच बुधबार साँझ दुई बुँदे सहमतिपश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएको हो ।


ADVERTISEMENT

# # #


आन्दोलनरत पक्षका सम्पूर्ण मागमा नगरपालिकाले छलफल गरी कर, राजश्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संशोधित विषयवस्तुको कार्यान्वयन गराउन नगरसभाबाट अनुमोदन गराई मङ्सिर ५ गतेभित्र कार्यान्वयन गरिने सहमति भएको वार्ता समितिका संयोजक अशोककुमार साहले जानकारी दिएका छन् ।

सहमतिपत्रमा नगरपालिकाका प्रमुख श्रवणकुमार यादव र आन्दोलनरतका तर्फबाट वार्ता समिति संयोजक साहले हस्ताक्षर गरेका छन् । गत साउन २९ गते कर वृद्धि फिर्तालगायत विभिन्न आठ बुँदे माग राख्दै आन्दोलन हुँदै आएको थियो ।