एेजेन्सी– पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले आफूमाथि लगाएको बलात्कारको आरोप झुटो भएको बताएका छन् । रोनाल्डोले सामाजिक संजाल इन्स्टाग्राममा बोल्दै सन् २००९ मा अमेरिकी महिलाले उनीमाथि लगाएको बलात्कारको आरोप झुटो भएको बताएका हुन् ।


ADVERTISEMENT


उनले आफ्नो नाम डेरजो र्चाचमाउ आनका लागि मात्रै आफूमाथि बलात्कारको आरोप लागएको बताएका छन् । उनले भनेका छन्, ‘उनीहरु मेरो नाम जोडेर आफुलाई प्रख्यात बनाउन चाहन्छन् । यो सामान्य विषय हो ।’ रोनाल्डोका वकिलहरुले यस घटनाबारे झुटो समाचार प्रकाशित गर्दै रोनाल्डोमाथि आरोप लगाउने जर्मनीको डेर स्पिगेलमाथि कानुनी कारवाही अगाडी बढाएको छन् ।


ADVERTISEMENT

# # #


वकिलहरुले उक्त सबै घटना झुटो भएको र रोनाल्डोको अस्मितामा आँच पुर्याउन यो कदम चालेको भन्दै मुद्दा चलाउन लागेका हुन् । रोनाल्डोका वकिल क्रिस्टियन सर्जले भने, ‘रोनाल्डोमाथि लागइएको आरोप झुटो हो । यसले रोनाल्डोको प्रतिष्ठामा प्रश्न उठेको छ र यसको कारवाही हुनुपर्छ । व्यक्तिगत अस्मितामाथि आँच पुर्याउने कार्य मान्य हुने छैन ।’

रोनाल्डोमाथि सन् २००९ मा लस भेगासको एक होटलको ३४ बर्षिया अमेरिकन महिलालाई बलात्कार गरेको आरेप लागेको छ । कोठामा बलात्कार गरेको र उक्त कुरालाई गुपचुप राख्न रानाल्डोले त्यतिखेर महिलालाई ३ लाख पचहत्तर डलर दिएको महिला आरोप लगाएकी छिन् । त्यसबेला मायोर्गाले लास भेगास पुलिसमा रिपोर्ट पनि दर्ता गराएकी थिइन् ।