हेटौँडा– ‘आदिवासी जनजाति र स्थानीय समुदायका लागि लक्षित अनुदान संयन्त्र’ विषयक एक दिने गोष्ठी यहाँ सम्पन्न भएको छ । गोष्ठीमा सामुदायिक वन उपभोक्ता महासङ्घ प्रदेश नं ३ द्वारा आयोजित उक्त गोष्ठीमा विश्व बैङ्कले वन विकास लगानी कार्यक्रमका लागि नेपाललाई रु दुई अर्ब सहयोग गर्ने बताइएको छ ।


ADVERTISEMENT


संस्थाका अध्यक्ष विनोद सापकोटाले विश्व बैङ्कको सहयोग कार्यक्रमअन्तर्गत नेपाललाई रु ४५ करोड तथा लक्षित वर्गका लागि रु ६१ लाख अनुदान प्राप्त हुने जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


सामुदायिक वन विकासका लागि प्रदेश सरकारले पनि नीतिगत योजनाहरु बनाएर अघि बड्नुपर्नेमा उनले जोड दिएका छन् ।

गोष्ठीका सहभागी वक्ताले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रलाई जनताको जीवनसंग जोड्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा प्रदेश नं ३ का मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र सिन्धुलीका वनसँग सम्बन्धित करीब तीन दर्जन वन उपभोक्ता संस्थाका प्रतिनिधिको सहभागीता थियो ।