एजेन्सी– ब्रेन्टफोर्डलाई ३–१ गोल अन्तरले हराउँदै आर्सनल इएफएल कप (काराबाओ कप) को चौथो चरणमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


आर्सनलले बुधबार राति घरेलु मैदानमा भएको खेलमा सो नतिजा निकाल्ने क्रममा दुई गोल पहिलो हाफ र तेश्रो गोल दोश्रो हाफमा गरेको थियो ।


ADVERTISEMENT

# # #


खेलको पाचौं मिनेटमा आर्सनलले पहिलो गोल गरेको थियो भने दोश्रो गोल ३७ औं मिनेटमा सम्भव भएको थियो । ती दुबै गोल च्यानी वेलबेकले गरेका थिए ।

ब्रेन्टफोर्डका एलन जजले टिमका लागि खेलको ५८ औं मिनेटमा एकमात्र गोल फर्काएका थिए । यसरी २–१ को अवस्थामा रहेको खेल नतिजालाई अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै आर्सनलले ३–१ मा पुर्‍यायो । सो गोल एलेक्सान्ड्र लाकाजेटीले गरेका हुन् ।

गएराति ने सम्पन्न भएको नटिङ्घम फरेस्ट र स्टोक सिटीबीचको खेल ३–२ ले टुङ्गियो ।