काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार व्यहोरेको छ ।


ADVERTISEMENT


बुधबार राति भएको खेलमा टेबलको पुछारमा रहेको लेगनेसले लिग लिडर बार्सिलोनालाई २–१ ले हराएको हो ।


ADVERTISEMENT

# # #


लेगनेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १२ औं मिनेटमा फिलिप काउटिन्होको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा घरेलु टोलीले ६८ सेकेण्डको बीचमा दुई गोल गर्दै जित निकाल्यो ।

५२ औं मिनेटमा इजारले बराबरी गोल गरे भने लगतै ओस्कार रोड्रिगेजले गोल गर्दै टिमलाई जित दिलाए । जेरार्ड पिकेको गल्तीको फाइदा उठाउँदै रोड्रिगेजले गोल गरेका हुन् ।