सुरुङ्गा, झापा– मिस नेवाः पूर्वाञ्चल ११३७ को उपाधि झापा धुलाबारी निवासी आरजु श्रेष्ठले हात पारेकी छिन् ।


ADVERTISEMENT


आरजुले उपाधिसँगै नगद रु ३१ हजार र बिर्तामोडमा रहेको वोस्टन एजुकेसन फाउन्डेसनमार्फत भारतको ब्याङ्लोरस्थित अम्बिका पारामेडिकल इन्स्टिच्युटमा अध्ययनका लागि शत्प्रतिशत छात्रवृत्ति प्राप्त गरिन् ।


ADVERTISEMENT

# # #


शनिबार राति सम्पन्न फाइनल अडिसनमा २९ जना प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले सो उपाधि हात पारेकी हुन् । नेवाः देय दबू झापा शाखाको आयोजना तथा बिर्ता मिडिया एन्ड इन्टरटेन्टमेन्टको व्यवस्थापनमा भएको प्रतियोगितामा फस्ट रनर अप बिर्तामोडकी झर्ना श्रेष्ठ भइन् भने सेकेन्ड रनर अप बुधबारेकी सञ्जिता श्रेष्ठ घोषित भइन् ।

फष्ट रनरअपले नगद रु २१ हजारसहित सोही कलेजबाट ५० प्रतिशत छात्रवृत्ति र सेकेन्ड रनरपले नगद रु ११ हजारसहित सोही कलेजबाट २५ प्रतिशत छात्रवृत्ति प्राप्त गरेको आयोजक समितिका ओमप्रकाश श्रेष्ठले जानकारी दिए ।