काठमाडौँ– भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतगणना च्यातिएपछिको विवादमाथि सर्वोच्चले आज सुनुवाई तोकेको छ। न्यायाधीश विश्वम्भर श्रेष्ठ र प्रकाश राउतको इजलासले उक्त विवादमाथि सुनुवाई गर्दै छन्।


ADVERTISEMENT


भरतपुरमा १९ मा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि त्यहाँ मतगणना रोकिएको थियो। निर्वाचन आयोगले छानबिन गरि पुनः मतदान गर्ने निर्णय गरेपछि उक्त वडाका एमाले वडा सदस्य गुञ्जमान विश्वकर्मा र मतदाता तुलसीराम पाण्डेले सर्वोच्चमा रिट दायर गरेको थियो।


ADVERTISEMENT

# # #


रिटको पहिलो सुनुवाई गर्दै सर्वोच्चले त्यहाँ घोषणा गरिएको पुनः मतदान यथास्थितिमा राख्न आदेश गरेको छ। यो विवादका दुवैपक्षको बहस सुनेपछि सर्वोच्च अदालतले पुनः मतदान गर्न दिने वा नदिने निर्णय गर्नेछ।

मतपत्र च्यातिएपछि एमालेले पुनः मतगणनाको माग गरेको थियो भने कांग्रेस माओवादीले त पुनः मतदानको माग गरेका थिए। आयोगले भरतपुर १९ मा पुनः मतदानको निर्णय गरेको छ।