विराटनगर– ‘सिलिन्डर बोक्ने जमाना अब गए,’ गत ५ भदौमा विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसदनमा जडान गरिएको गोबर ग्यास प्लान्ट उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले घोषणा गरेका थिए ।


ADVERTISEMENT


उपस्थित स्थानीयले ताली बजाएर प्रधानमन्त्रीको घोषणाको स्वागत गरे । त्यहाँका ३५ घरपरिवारले पाइपबाट ग्यास बाल्न पाइने भएपछि खाना पकाउने एलपी ग्यासका सिलिन्डर थन्क्याएका थिए ।


ADVERTISEMENT

# # #


तर, स्थानीयको त्यो उत्साह लामो समय टिकेन । ग्यास वितरण प्रणालीमा समस्या भएपछि उनीहरू थन्क्याइएका सिलिन्डर निकाल्न बाध्य भएका छन् । विश्व बैंकको सहयोगमा निर्माण भएको र प्रधानमन्त्री ओलीले तामझामसाथ उद्घाटन गरेको प्लान्टबाट आएको ग्यासमा १२ दिन खाना पकाएपछि बन्द भएको छ ।
– आजाको नयाँ पत्रिका दैनिकबाट