उदयपुर– गाउँको समृद्धि पर्यटनसँग जोड्ने उद्देश्यका साथ अगाडि बढिरहेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्ने विशेष महत्वको एभरेस्ट भ्यू टावर निर्माणको काम अगाडि सारेको छ ।


ADVERTISEMENT


यसै सिलसिलामा दोबाटे भ्युटपमा लिम्चुङबुङ पार्कसँगै निर्माण हुन लागेको भ्यू टावरको डीपीआर सर्भेको थ्रीडी प्लान भिडियो क्लिप तयार भएको छ ।


ADVERTISEMENT

# # #


पर्यटक भित्र्याउने र गाउँपालिकाको मौलिक पहिचान झल्काउने उद्देश्यले टावरको निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताए । – आजको गोरखापत्र दैनिकबाट