रोल्पा– रोल्पाको सुलिचौरमा आज दिउसो भएको गोलि प्रहारवाट नेपाल तरुण दल रोल्पा नगर कमिटीका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ ।


ADVERTISEMENT


सुनिल स्मृती गाउँपालिका ४ सुलिचौर स्थीत रेष्ट पोईन्ट रेष्टुरेन्ट एण्ड वारमा खाजा खादै गरेका अध्यक्ष पुनलाई एक्कासी गोलि प्रहार गरिएको वताइएको छ । पोस्तोलवाट प्रहार गरिएको गोलि लागि अध्यक्ष पुन घटनास्थलमै ढलेको प्रत्यक्षदर्शीले वताएका छन । छातिमा २ र पेटमा १ गोलि लागेका पुनको घटना स्थलमै मृत्यु भएको वताइएको छ ।


ADVERTISEMENT

# # #


अध्यक्ष पुनको लास हाल प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको प्रहरीले वताएको छ । अध्यक्ष पुनलाई कसले कुन उद्धेश्यले गोली प्रहार गरेको हो भन्ने वारे हालसम्म खुल्न नसकेको वताइएको छ । – आजको नेपाल समाचारपत्रबाट