वीरगन्ज– पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा आइतबार १५ वर्षीय बालकले छिमेककै १२ वर्षीया बालिकालाई बलात्कार गरेको पाइएको छ । घर बाहिरको चापाकलमा पानी लिन गएकी बालिकालाई बालकले आफ्नो घरमा लगेर जबरजस्ती बलात्कार गरेको दाबी गरिएको हो ।


ADVERTISEMENT


परिवारका कोही पनि सदस्य नबस्ने र सरसामान मात्रै राख्ने गरिएको आफ्नो फुसको घरमा बालिकालाई लगेर ती किशोरले जबरजस्ती बलात्कार गरेपछि बालिका चिच्याएकी थिइन् । त्यो आवाज छिमेकीले सुनेपछि घटना सार्वजनिक भएको हो । बालिका चिच्याएको हल्ला सुनेपछि घर भित्र पुगेका छिमेकीले बालकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । – आजको नेपाल समाचारपत्रबाट


ADVERTISEMENT

# # #