काठमाडौँ– नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द थापाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।


ADVERTISEMENT


नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीले थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।


ADVERTISEMENT

# # #


प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पदावधि आजैदेखि समाप्त भएका कारण थापालाई नियुक्त गरिएको हो । अवकाशमा जानु एक महिनाअघि प्रधानसेनापति बिदा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति क्षेत्री बिदा बसेका कारण सरकारले साउन २४ गतेदेखि लागू हुने गरी रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।

थापाले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजदेखि नै नेपालको ४३ औँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्नेछन् ।

 

तस्बिरहरु : रासस