सिंगापुर– अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ ।


ADVERTISEMENT


जापानको निक्कीमा मङ्गलबार ०.१ प्रतिशतले कमी आई २२,६९७ अङ्कमा रोकिएको छ । त्यस्तै, हङकङको हाङसेङ पनि ०।१ प्रतिशतले घटेर २७,७०१ मा बन्द भयो भने शाङ्घाईको शाङ्घाई कम्पोजिट सूचकमा ०।१ प्रतिशतले कमी भई ३,७१८ मा बन्द भयो ।


ADVERTISEMENT

# # #


अस्ट्रेलियाको एसएन्डपी २०० मा ०.४ प्रतिशतले कमी आई ६,२८५ अंक भएको छ । दक्षिण कोरियाको कोस्पीमा भने ०.१ प्रतिशत बृद्धि भई २,३०८ मा बन्द भयो ।

व्यापारिक चासो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार शर्तहरु पालना नगरेको स्थितिमा संशोधित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबाट क्यानडा बाहिरिने चेतावनी दिएका थिए । क्यानडासँगको व्यापार वार्ता बुधबार पुनः शुरु हुने र त्यसमा दुबै देशका चासोका विषयलाई सम्बोधन गर्ने प्रयत्न जारी छ ।

ट्रम्प प्रशासनले क्यानडासँगको व्यापारिक वार्ताको समयसीमा गत शुक्रबार तोकेको थियो । अमेरिका–मेक्सिकोबीचको भएको सहमतिमा क्यानडा सहभागी रहेको छैन ।

चिनीया पिएमआई

एउटा निजी क्षेत्रको सर्वेक्षणमा चीनको कारखाना उत्पादन १४ महिनायताकै सबैभन्दा न्यून रहेको देखाइएको छ । कारखाना उत्पादनको अध्ययन, विश्लेषण गर्ने काइक्सिन म्यानुफ्याक्चरिङ पिएमआईमा अगष्ट महिनामा ५०.६ अंक मात्र प्राप्त भएको छ । यो जुलाईको ५०.८ को भन्दा केही कम हो । कूल १०० अंकको यस मापनमा ५० भन्दा कम हुँदा उत्पादन खुम्चिएको आङ्कलन गरिन्छ ।

इन्धन

बेन्चमार्क युएस कच्चातेलको मूल्यमा मङ्गलबार २६ सेन्ट बृद्धि भई ७०.०६ डलर प्रति ब्यारेल भएको छ । एजेन्सी