काठमाडौं– बिमस्टेक सम्मेलनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौमा रहीरहँदा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी पनि शुक्रबार काठमाडौं आउने भएका छन् । भारतीय दैनिक ‘द हिन्दु’ले जनाएअनुसार गान्धी राजनैतिक भेटघाटका लागि नभई मान सरोबर तिर्थ दर्शनार्थ काठमाडौं ओर्लन लागेका हुन् ।


ADVERTISEMENT


गत २६ अप्रिलमा गुजरातमा भएको सभामा उनले चुनावको प्रचारका क्रममा आफु चढेको जहाजमा अचानक प्राविधिक गडबडी देखिएपछि आपतकालीन अवतरण गर्नु परेको र त्यती नै बेला अचानक आफुलाई कैलाश मानसरोवरको सम्झना आएको कारण शिवभक्तिका लागि मान सरोवर जाने घोषणा गरेका थिए ।


ADVERTISEMENT

# # #


पछिल्लो समय भारतीय जनता पार्टी (भाजपा) ले गान्धीलाई ‘हिन्दु विरोधी’ भएको आरोप लगाएको छ गान्धीले भने आफूलाई हिन्दुविरोधी नभएर ‘शिवभक्त’ भएको दावी गर्दै आएका थिए । उनको कैलाश मानसरोवर जाने निर्णयलाई पनि भाजपाको त्यही आरोपको जवाफका रुपमा समेत हेरिएको छ ।