काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पुनः छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।


ADVERTISEMENT


खड्गबहादुरलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


गैरकानूनीरूपमा पक्राउ गरी थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा आइतबार वीरेन्द्र विश्वकर्माले रिट निवेदन दायर गरिएको थियो ।