काठमाडौं– भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन ६ देशका राष्ट्र प्रमुख नेपाल आउँदैछन् ।


ADVERTISEMENT


सम्मेलनमा सहभागी हुन ६ देशका कार्यकारी प्रमुख भदौ १२ देखि १४ गते बिहानसम्म नेपाल आइपुग्ने छन् । बिमस्टेक सम्मेलनमा सहभागी ६ मुलुकबाट कार्यकारी प्रमुखहरु नेपाल आउँदै छन् । भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशबाट शेख हसिना, श्रीलंकाबाट राष्ट्रपति माथ्रिपाला सिरिसेना, भूटानमा अन्तरिम सरकार भएकाले प्रधान्यायाधीश दासो छिरिङ वाङचुक नै कार्यकारी प्रमुखका हैसियतमा आउनेछन् ।


ADVERTISEMENT

# # #


म्यानमारबाट राष्ट्रपति विन मिन्ट, थाइल्याण्डबाट प्रधानमन्त्री प्रयुथ चान्वचा सम्मेलनमा सहभागी हुन नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार भदौ १२ मा म्यान्मारका राष्ट्रपति विन मिन्ट र भदौ १३ मा श्रीलंकाका राष्ट्रपति माथ्रिपाला सिरिसेना नेपाल आइपुग्ने कार्यक्रम तय भएको छ । यस्तै, भारतका प्रधानमन्त्री र बंगलादेशका प्रधानमन्त्री भने भदौ १४ गते बिहान आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।