भक्तपुर– राष्ट्रिय फोटो पत्रकार समूहको शाखा भक्तपुरमा विस्तार भएको छ । सो शाखाको आज नयाँ ठिमीमा सम्पन्न भेलाले राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति हो ।


ADVERTISEMENT


समितिकोे उपाध्यक्षमा रमेश गिरी, सचिवमा जयराम बास्तोला, सहसचिवमा रामगोपाल तमखु, कोषाध्यक्षमा लक्ष्मी गारु तथा सदस्यहरुमा विजय कोजु, सुन्दर शिल्पकार, सविना केसी र सरोज वादे चयन भएका छन् ।


ADVERTISEMENT

# # #


भेलामा फोटोपत्रकार समूह केन्द्रका अध्यक्ष धु्रव आलेले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त गर्दै फोटो पत्रकारितामा आइपर्ने चुनौतिको सामना गर्न सुझाव दिए ।
मध्यपुर सञ्चार समाजका अध्यक्ष हरिबहादुर श्रेष्ठले भक्तपुरका फोटोपत्रकारलाई पनि सवल र सक्षम बनाउन आवश्यक तालिमका साथै क्यामरा खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष पुस्कर बुढाथोकीले फोटोपत्रकारको हक हितका लागि पहल गर्नुपर्नेमा जोड दिए ।