गुलरिया,बर्दिया बार्दिया नगरपालिका–४ कुश्मघाटको पुल नजिकै आइतबार साँझ सालनालसहित नवजात शिशुलाई प्लास्टिकमा बेरेर जिउँदै फालिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।


ADVERTISEMENT


बनियाभार इलाका प्रहरी कार्यालयको गस्तीमा खटिएको अनुगमन टोलीले रोइरहेको अवस्थामा फेला पारेको नवजात शिशुलाई जिल्ला अस्पतालमा जाँचका लागि लगिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले बेवारिसे शिशु कसको हो भनी खोजी कार्य जारी राखेको छ ।