नवलपरासी– नवलपरासी जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा कुल बजेटमध्ये ८० दशमलव ८ प्रतिशत रकम खर्च भएको छ ।


ADVERTISEMENT


चालु आवको करिब ११ महिना बितिसक्दा नवलपरासीमा रहेको कुल बजेट रु छ अर्ब ५९ करोड ४० लाख एक हजार ८७० रकममध्ये जम्मा ८० दशमलव ८ प्रतिशत रकम खर्च भएको हो ।


ADVERTISEMENT

# # #


यसरी हेर्दा असारमा मात्रै २० प्रतिशत रकम खर्च हुनुपर्ने देखिन्छ । जिल्लामा रहेको कुल बजेटमध्ये चालुगत रकमतर्फ जम्मा ८६ दशमलव ७ प्रतिशत र पुँजीगत रकमतर्फ जम्मा ४६ दशमलव ३ प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यसबारे जानकारीका लागि सो कार्यालयमा डिजिटल डिस्प्ले प्राणाली समेत जडान गरिएको छ । डिजिटल डिस्प्लेले कार्यालयका विभिन्न गतिविधि सर्वसाधारणसमक्ष सजिलै पु¥याउन तथा कार्यालयको कामलाई पारदर्शी बनाउन सहयोग मिल्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

चालु आवमा जिल्लामा चालु खर्चतर्फ रु पाँच अर्ब ६२ करोड ३९ लाख ५९ हजार ८५० अख्तियारी रहेकामा रु चार अर्ब ८८ करोड १२ लाख ८७ हजार २९१ खर्च भएको छ, जुन जम्मा ८६ दशमलव ६ प्रतिशत खर्च देखिएको हो ।

यस्तै पुँजीगततर्फ रु ९७ करोड ४२ हजार २० अख्तियारी रहेकामा जम्मा रु ४५ करोड २२ हजार १४२ खर्च भएको कार्यालयका प्रमुख महेन्द्र भण्डारीले बताए । उनका अनुसार पुँजीगततर्फ जेठ २० गतेसम्म जम्मा ४६ दशमलव ३ प्रतिशत खर्च भएको छ । यस्तै कार्यालय सञ्चालन कोषतर्फ मौज्दात आम्दानी रु ३९ करोड १८ लाख ४४ हजार २६८ रहेको जनाइएको छ

यसैबीच जिल्लामा यस आवमा रु ८८ करोड ८९ लाख ४५ हजार २७८ राजस्व उठेको बताइएको छ।