काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी तथा जनवर्गीय संगठनको एकता ५ भदौभित्रै गर्ने तयारी थालेको छ । प्रदेश, जिल्ला तथा जनसंगठनको एकता गृहकार्यका लागि गठित कार्यदललाई ५ भदौभित्र एकीकरणको काम सक्न नेकपाका अध्यक्षद्वयले निर्देशन दिएका छन् ।


ADVERTISEMENT


साउन २५ भित्रै कार्यदललाई आफ्नो प्रतिवेदन पार्टीको केन्द्रीय सचिवालयमा बुझाउन, ५ भदौभित्र प्रदेश तथा जिल्ला र जनसंगठनको केन्द्रीय समितिको एकीकरण सक्न र १५ भदौभित्रै एकीकरण भएका सबै कमिटीको पहिलो बैठक सक्ने गरी कार्ययोजना तयार पार्न नेकपाले कार्यदलमा आन्तरिक सर्कुलर गरेको छ ।


ADVERTISEMENT

# # #


जनसंगठनहरूको एकीकरण गर्न गठित कार्यदलले एकता घोषणाको अन्तिम तयारीका लागि पार्टी नेतृत्वको निर्णय पर्खन थालेका छन् । कतिपय जनसंगठन एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम, कमिटीको आकार, झण्डा, स्थापना मितिलगायतका विषय अन्तिम चरणमा पुर्‍याए पनि एकीकृृत संगठनको नेतृत्वका विषयमा भने कार्यदलमा छलफलसमेत हुन सकेको छैन । – अन्नपूर्ण पोस्टबाट