एजेन्सी– क्रिस्टियानो रोनाल्डोको आगमनसँगै अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वेनले भने क्लब छोडको छन् । हिग्वेन युभेन्टस छाडेर आगामी सिजनका लागि अर्को इटालियन क्लब एसी मिलान गएका हुन् ।


ADVERTISEMENT


हिग्वेन युभेन्टसबाट ऋणमा एक वर्षका लागि एसी मिलान जान लागेको जनाइएको छ । यस सम्बन्धमा हिग्वेनका भाइ निकोलासले एसी मिलानका खेलकुद निर्देशक लियोनार्दोसँग भेट गरी सम्झौता गरेका हुन् । इटालियन मिडियाले जनाएअनुसार हिग्वेनले एक वर्षको ऋणको सम्झौतापछि एसी मिलानसँगै नयाँ अनुबन्धको सम्झौता गर्ने तयारी गरेको पनि बताइएको छ ।


ADVERTISEMENT

# # #


एसी मिलानलाई हिग्वेनलाई भित्र्याउनको लागी तिरेको छ । यससँगै हिग्वेन इङ्लिस प्रिमियर लिग फर्कने चर्चा पनि समाप्त भएको छ । यसअघि इङ्लिस क्लब चेल्सीले हिग्वेनलाई भित्रयाउने प्रयास गरिरहेको थियो । पोर्चुगिज स्ट्राइकर रोनाल्डो स्पेनी क्लब रियल म्याड्रिड छाडेर युभेन्टससँग नयाँ सम्झौता गरेसँगै क्लबले हिग्वेनलाई उनले रोजेको क्लब जान दिएको हो ।

रोनाल्डो १० लाख पाउन्डमा रियलबाट युभेन्टस अनुबन्ध भएका हुन् । चेल्सीले माउरिजियो सार्रीलाई नयाँ प्रशिक्षक नियुक्त गरेसँगै हिग्वेनलाई पनि अनुबन्धको प्रयास गरेको हो । यसअघि नापोलीमा उनै सार्रीको प्रशिक्षणमा हिग्वेन निकै चम्किएका थिए । सन् २०१५/०१६ को सिजनमा उनै सार्रीको नेतृत्वमा हिग्वेनले टोलीका लागि ३५ खेलबाट ३६ गोल गरेका थिए ।