काठमाडौँ– नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने सरोकारवालाहरुले बताएका छन् ।


ADVERTISEMENT


नेपाल ललितकला पत्रकार समाजले यहाँ आज आयोजना गरेको ‘प्रज्ञा–प्रतिष्ठानको औचित्य र नियुक्ति प्रक्रिया’ विषयक अन्तक्रियाका कार्यक्रमका वक्ताहरुले प्रज्ञा–प्रतिष्ठान गाभ्नुभन्दा पनि थप गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


नेकपाका केन्द्रीय सदस्य एवं जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई बजेट भाषणमा प्रज्ञा–प्रतिष्ठान गाभ्ने कुरा उपयुक्त नभएको बताए। “विसं २०६२÷६३ को जनआन्दोलनमा कला, साहित्य र सांस्कृतिक क्षेत्रले खेलेको भूमिकास्वरुप प्रज्ञा–प्रतिष्ठान खोलिएको छ, यसलाई गाभ्ने कुरा किमार्थ हुन सक्दैन”, उनले भने ।

मुलुकको आवश्यकता र औचित्य भएको कारण प्रज्ञा–प्रतिष्ठान स्थापना भएको उनको भनाइ थियो । अध्यक्ष राईले प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञको नियुक्ति गर्दा प्रज्ञा–प्रतिष्ठान बुझेको व्यक्तिलाई गर्नुपर्ने बतारे ।

नेपाल प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले कर्मचारीतन्त्रका कारण तीन प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने धारणा राखे । सरकारले कला, साहित्य, संस्कृतिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली कलाको संरक्षण र सम्बद्र्धन गर्न सके मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल ललितकला मञ्चका अध्यक्ष लालकाजी लामा, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाललगायतले देशको कला–संस्कृतिलाई विश्वमा चिनाउने थलो प्रज्ञा–प्रतिष्ठान भएकाले यसलाई एकापसमा गाभ्न नहुने धारणा राखे ।