काठमाडौँ– नेदरल्याण्डसंगको दोस्रो ऐतिहासिक एक दिवसीय खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले चौथो विकेट गुमाएको छ । दिपेन्द्र ऐरी रन आउट भएका छन् । उनले १७ बलमा ३ चौकाको मदतमा १९ रन हानेका थिए ।


ADVERTISEMENT


कप्तान पारसले हानेका बलमा रन लिन खोज्दा उनी रन आउट भए ।


ADVERTISEMENT

# # #


यस्तै पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाएर आउट भए । २४ बल खेलेका उनले २ चौका प्रहार गरेका थिए ।

यस्तै अनिल शाह पनि आउट भए । ३ बलमा एक चौका प्रहार गर्दै उनले ४ रनमा आउट भए । यता सुवास १९ रन बनाएर आउट भए । उनले ३ चौका प्रहार गरेका थिए ।

नेपाल अहिले १५.५ ओभरमा ४ विकेटको क्षतीमा ७२ रन बनाएर खेलिरहेको छ । मैदानमा रोहित पौडेल छिरेका छन् ।