काठमाडौँ– नेदरल्याण्डसंगको दोस्रो  एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध ३१ ओभरमा १३५ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाएर आउट भएका छन् ।


ADVERTISEMENT


कप्तान खड्काले ६५ बलमा ५० रन पूरा गरेका थिए । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएर आउट भए ।


ADVERTISEMENT

# # #


क्रिजमा आरिफ शेख १० रनमा र सोमपाल कामी खेलिरहेका छन् ।

यसअघि नेपालले चौथो विकेटको रुपमा दीपन्द्रसिंह ऐरीलाई १९ रनमा गुमाएको हो । दीपेन्द्र रन आउट हुन पुगे । त्यस्तै, सुवास खकुरेल १९, ज्ञानेन्द्र मल्ल १३ र अनिल कुमार शाह ४ रनमा आउट भएका थिए । त्यस्तै, रोहित कुमार पौडेल ६ रनमा आउट भएका थिए ।

नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको हो । सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।