जनकपुर– विभिन्न मुद्दामा संघीय प्रहरीसँग टकरावमा उत्रिएको प्रदेश सरकार र प्रहरीबीच एकपटक फेरि घम्साघम्सी पर्ने संकेत देखिएको छ ।


ADVERTISEMENT


उच्च अदालतबाट प्रदेश सरकारका एक राज्यमन्त्रीसमेतलाई पक्राउ गर्न प्रहरीलाई परमादेश भएपछि विवाद अझ चुलिने खतरा बढेको हो । उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमनबहादुर विक हत्याका आरोपितलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा उक्त कार्यालयका प्रमुखका नाममा मंगलबार परमादेश जारी गरेको छ । – आजको नागरिक दैनिकबाट


ADVERTISEMENT

# # #