एजेन्सी– बार्सिलोनाका यसअघिको क्यप्टेन आन्द्रेज इनियष्टा जापनिज क्लबमा आबद्ध भएसँगै बार्सिलोनाले नयाँ क्यप्टेन चुन्ने भएको छ । आन्द्रेजले बार्सिलोना छाडेसँगै बार्सिलोना कप्तानबिहिन भएको छ ।


ADVERTISEMENT


अबको बार्सिलोनाको कप्तान लियोनल मेस्सीले पाउने भएका छन् । इनियष्टाले क्लब छोडेपछि यसअघिको दोस्रो कप्तान मेस्सी भएकाले उनले बार्सिलोनाको कप्तान पाउने भएका हुन् ।


ADVERTISEMENT

# # #


हाल प्रि–सिजनको लागि अमेरिकामा रहेको बार्सिलोनाले सर्जी रोबर्टो, राफिन्हा, ज्यास्पर सिलेसनलाई कप्तान बनाएको छ । बार्सिलोनाले मोरक्कोमा सेभियासँग हुने स्पेनिस सुपर कपको फाइनलअघि कप्तान तोक्नेछ ।

त्यस्तै तेस्रो स्थानमा रहेका सर्जियो बुस्क्वेट् दोस्रो कप्तान बन्नेछन् । चौथो स्थानमा रहेको जाभियर मास्चेरानो पनि चिनिया क्लब गएसँगै तेस्रो र चौथो कप्तान बार्सिलोनाले तय गर्नेछ ।

समाचारहरुमा जनाइए अनुसार तेस्रो कप्तानको भूमिका डिफेन्डर जेरार्ड पिकेलाई दिने सम्भावना रहेको छ । त्यस्तै, अर्का दावेदारको रुपमा इभान राकेटिचलाई पनि हेरिएको छ । यद्यपी जोर्डी अल्बा पनि पुरानै खेलाडी भएको कारणले चौथो कप्तानको जिम्मेवारीमा यी दुई खेलाडी पर्ने सम्भावना रहेको छ ।

क्लबले नेतृत्वको हिसावले इभान राकेटिचलाई प्राथमिकतामा राख्ने सम्भावना छ तै पनि लुइस स्वारेज तथा टेर स्टेगन पनि लाइनअपमा रहेका छन् ।