भोजपुर– जिल्ला प्रहरी कार्यालय, भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखाको धाराटारमा गाँजा फडानी गर्नुको साथै लुकाएर राखेको गाँजा बरामद गरेको छ ।


ADVERTISEMENT


भोजपुरका डीएसपी केशवकुमार थेवेको कमाण्डमा खटिएको प्रहरी टोलीले कोमलशोभा राईको घरमा २ वटा बोरामा लुकाएर राखेको ६ केजी ५ सय ग्राम तयारी गाँजा बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले राईलाई पक्राउ गरी अनुसन्धानका हिरासतमा राखेको छ ।

कोमलशोभा राईको १४ रोपनी क्षेत्रफल भएको मकैबारी भित्र लगाइएको गाँजा र साही ठाउँका रामकुमार राईको मकैबारीमा रहेको १ सय २ बोट गाँजाहरु स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा प्रहरीले नष्ट गरेको छ ।

भोजपुरको विभिन्न क्षेत्रमा प्रहरीले समय–समयमा गाँजा खेती नष्ट गर्दै आएको छ ।