पर्वत– कुस्मा नगरपालिका– १४ स्थित पञ्चकोशी माध्यामिक बिद्यालयको चार कोठे पक्की भवन निर्माण कार्य शुरु भएको छ ।


ADVERTISEMENT


जिल्ला शिक्षा तथा समन्वय इकाइको रु ३६ लाख तथा बाँकी रकम विद्यालयले सहयोग जुटाउने गरी रु ४१ लाखको लागतमा भवन निर्माण हुन लागेको हो । चारकोठे भवनको निर्माणकार्य पाँच महिनाभित्रमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको भवन निर्माण समितिका अध्यक्ष सुनिल थापाले बताए ।


ADVERTISEMENT

# # #


निर्माणाधिन भवन शिलन्यास गर्दै वडाअध्यक्ष भीमप्रसाद गुरुङले विद्यालयको भौतिक संरचनामा सुधार र शैक्षिक गुणस्तरमा वृद्धि गर्दै लाने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले विद्यालयले पर्वत जिल्लामै फरक ढंगले यहाँ शैक्षिक सुधारको अभियान शुरु गरे पनि कक्षाकोठा अभावले समस्या भएकामा नयाँ भवनले त्यसको आवश्यकता पूरा गर्ने बताए । कुस्मा नगरपालिका र वडा कार्यालयबाट भवन निर्माणका लागि नपुग रु पाँच लाख विनियोजन हुने विश्वास विद्यालयले लिएको उनले बताए ।

उक्त विद्यालयले दुई वर्ष पहिलेदेखि मन्टेश्वरी र अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ भने सबै कक्षाकोठामा सिसी क्यामरा जडान गरी अनुगमन पनि गरेको छ ।

ऐच्छिक बिषयअन्तर्गत कम्युटर बिषयमा १० कक्षासम्म अध्यापन गराउँदै आएको उक्त विद्यालयलाई उत्कृष्ट शैक्षिक अभ्यास थालेकामा यस वर्ष कुस्मा नगरपालिका नगर शिक्षा शाखाले उत्कृष्ट विद्यालयको रुपमा सम्मानसमेत गरेको थियो । रासस