काठमाडौं–ग्रिस पुगेका एक नेपालीका अनुसार अवैध रुपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौँ रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् । तर त्यति धेरै पैसा खर्चेर पनि भनेजस्तो काम पाउँदैनन् ।


ADVERTISEMENT


टर्कीबाट अवैध रुपमा ग्रिस पुगेका ईलामका मोती गूरुङको अनुसार घाना जंगलमा सात दिनसम्म भोकप्यास नभनी हिँडियो, मरेर बाँचिएको अनुभव भएको छ ।


ADVERTISEMENT

# # #


टर्कीबाट उनीसँगै हिडेका नवलपरासी, कावासोतीका नवीन तिवारी सात महिनादेखि सम्पर्कविहिन छन् । सँगै गएका तिवारी कहाँ छन्, गुरुङलाई पनि थाहा छैन ।

नवीन बाटैमा विरामी परेको र रेल ट्रयाकसम्म सँगै रहेको मोतिलाई सम्झना छ । त्यसपछि नवीन छुटेको उनी बताउँछन् ।

मोतीका अनुसार कैयन् दिनसम्म भोकैप्यास माईनस डिग्री चिसोमा हिँड्दा नवीनको घाँटीमा समस्या आएको थियो । – आजको कान्तिपुर दैनिकबाट