काठमाडौं–प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी चार दिनदेखि इजलास बस्न पाएका छैनन् ।


ADVERTISEMENT


सर्वोच्च अदालत स्रोतका अनुसार दश वटा इजलासबाट बिभिन्न मुद्धा सुनुवाइ हुने भए पनि जोशीको उपस्थित हुनुपर्ने इजलाश गत बिहीबार, शुक्रबार, आइतबार र सोमबार बस्न सकेन ।


ADVERTISEMENT

# # #


उनका विरुद्ध गम्भीर खालका पाँचवटा उजुरी परेपछि प्रधानन्यायाधीश पद नै संकटमा परेको छ । सर्वोच्च स्रोत भन्छ–‘संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश जोशीले चित्त बुझ्दो जवाफ नदिएकाले र शैक्षिक प्रमाणपत्रमा समेत बिबाद देखिएकाले उहाँको पद नै संकटमा परेको हो ।

समिति सदस्यहरुले पर्याप्त छलफलका लागि बैठक स्थगित भएको बताउँदै आएका छन् । जोशीको अनुमोदन गर्ने नगर्ने निर्णय गर्न भोलि बुधबार साढे तीन बजे संसदीय सुनुवाइ समितिको बैठक डाकिएको छ । – आजको नेपाल समाचारपत्रबाट