एजेन्सी– भारतको हरियाणामा एक गर्भवती बाख्रामाथि आठजनाले दुष्कर्म गरेको र घटनापछि उक्त बाख्राको मृत्यु भएको स्रोतबाट जानकारी प्राप्त भएको छ । बाख्राका मालिकले जुलाई २६ तारिखमा बाख्रामाथि अप्राकृतिक यौनव्यवहार गर्ने आठजनाविरुद्ध मुद्दा दर्ता गरेका छन् ।


ADVERTISEMENT


समाचार एजेन्सी एएनआईका अनुसार नगिना पुलिस स्टेशनका इन्चार्ज राजबीर सिंहका अनुसार बाख्राका मालिक असलूले जुलाई २६ तारिखमा मुद्दा दर्ता गरेका हुन् जसमा जुलाई २५ तारिख राती बाख्रामाथि दृष्कर्म गरिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


असलूले सवाकार, हरुण, जफरसहित अन्य पाँच जनाविरुद्ध बाख्रामाथि बलात्कारको आरोप लगाएका छन् । यद्यपी, अन्य पाँचजनाको पहिचान भइसकेको छैन । अहिलेसम्म यीमध्ये कसैलाई पनि पक्राउ गरिएको छैन ।

बाख्राका मालिक असलू भन्छन्, ‘उनीहरुले जुलाई २५ तारिखमा मेरो बाख्रालाई एउटा पुरानो घरमा लिएर गए । आठजनामध्ये एक मानसिक रुपमा विक्षिप्त छन् । जब मैले उनीहरुलाई यसबारे पुलिसलाई जानकारी दिन्छु भनेँ तब उनीहरुले उल्टै मलाई जे गर्न सक्छौ गर, हाम्रो निकै ठूल्ठूला मानिससँग सम्पर्क भएकाले कसैले केही गर्न सक्दैन भनी धम्क्याए ।’

पुलिसले बाख्राको मेडिकल जाँच पूरा भएपछि आफ्नो कारवाही तीब्र रुपमा अगाडि बढाउने जानकारी दिएको छ ।

भारतमा जनावरमाथिको दुष्कर्म यो पहिलो घटना भने होइन । हालै, पश्चिम बंगालका एक ३५ वर्षीयले श्रीमती घरमा नभएको मौका पारेर कुकुरमाथि दुष्कर्म गरेका थिए । उनलाई पुलिसले पक्राउ गरेको छ ।