बारा– बाराको जितपुर सिमरा उपमहानगरपालिकामा बालकको हत्या गरिएको विरोधमा जितपुर बजार बन्द गरिएको छ ।


ADVERTISEMENT


सिमरा उपमहानगरपालिका –७ बस्ने साहका नौ वर्षीय छोरा अंकित साहको फिरौती लिई हत्या भएपछि आज जितपुर बजार बन्द भएको हो । बालकको फिरौतीका लागि उनकी आमाले गत ३२ असारमा १५ लाख भारतीय रुपैयाँ भारतको बेतियामा अपहरणकारीलाई बुझाएकोमा त्यसको भोलिपल्टै अंकितको हत्या भएको थियो ।


ADVERTISEMENT

# # #


पर्सा प्रहरीलाई गत ३ साउनमा बालकको शव नारायणी अस्पतालमा ल्याई आवश्यक अनुसन्धानपछि अपहृत अंकितको भएको पत्ता लागेको थियो । घटनाको अनुसन्धान नगरेको र आपहरणकारीलाई पक्राउ गर्न प्रहरी असमर्थ रहेको भन्दै बालकका आफन्तले जितपुर बजार बन्द गरेका हुन् ।