काठमाडौं– सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सम्वाद पुनः सुरु भएको छ । नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा केही दिनको संवादहिनता तोड्दै सरकार र अनसनरत् डा. गोविन्द केसी पक्षबीच सुरु भएको वार्ता सकरात्मक भएको हो । केसीलाई सँग सहमतमा ल्याउन नेकपाका दुई अध्यक्षले नेम्वाङलाई जिम्मा दिएका थिए ।


ADVERTISEMENT


केसी पक्षले चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने अडान छाडेपछि वार्ताको वातावरण बनेको हो । हिजो शिक्षा मन्त्रालयमा भएको वार्तामा विधेयकका मुद्दाहरुमा छलफल भए पनि निष्कर्षमा नपुगि बैठक सकिएको थियो । चिकित्सा शिक्षा विधेयकका अधिकांश बुँदामा सहमति जुटे पनि मुख्य बुँदामा भने अझै सहमति हुन नसकेपछि बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


सहमतिका लागि उपनेता सुवास नेम्वाङले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए ।

लगतै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरे । नेम्वाङले डा. केसीको वार्ता टोलीसँग पनि सम्वाद गरे ।

दुई पक्षबीचको छलफलमा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शय्याको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।