काठमाडौँ– यौन दुराचारमा संलग्न दुई फ्रान्सेली नागरिक भाग्न लाग्दा गौशालाबाट पक्राउ परेका छन् । १० देखि १४ वर्षका बालकलाई यौन दुराचारमा संलग्न गराउनेलाई सोमबार केन्द्रीय अनुसन्धान व्युरो सिआइबिले पक्राउ गरेको हो ।


ADVERTISEMENT


स्थानिय बासीको गोप्य सुचनाका आधारमा लामो समय अनुसान्धान गरी नियन्त्रणमा लिन व्युरोले तयारी गरिरहेका बेला ति दुई यौन दुराचारीलाई आफ्नो देश भाग्न लाग्दा गौशलाबाट पक्राउ गरेको सिआइबिले जनाएको छ । शुक्रबार विमानस्थल जानै लागेका वेला उनीहरुलाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु प्रहरीले निगरानी बढाएको सूचना पाएलगत्तै आफ्नो मुलुकतर्फ भाग्ने प्रयास गरेका थिए ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ वर्षीय मिचेल चुपाउ रहेको व्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक नारायण खड्काले बताएका छन् । खड्काले भने ‘हामीले लामै निगरानीपछि उनीहरुलाई पक्राउ गरेका हौं । पक्राउ परेका मध्ये सन् २००४ मा फ्रान्समा पनि बाल यौन दुराचारको अभियोगमा पक्राउ परेको खुलेको छ ।’ हालसम्म आठ जना पीडितहरु सम्पर्कमा आएको र थप उजुरी आउने क्रम जारी रेहको प्रहरीले जनाएको छ ।

उनीहरुले बालबालिकालाई फुटबल, चकलेट, स्पोर्टस् ड्रेस किनिदिने तथा स्थानीय स्वीमिङ पुलमा पौडी खेल्न लैजाने, खाजा र खाना खुवाउने लगायतका काम गरेर प्रलोभनमा पारेर पालैपालो बालबालिकामाथि यौन दूराचार र अप्रकातिक मैथुन गर्ने गरेको ब्यूरोको एसपी कृष्णहरि शर्माले बताए ।