काठमाडौं– लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीय जनतालेले सांकेतिक विरोध गरेका छन् ।


ADVERTISEMENT


कलंकी–नागढुंगा बाटो निर्माणका लागि दबाव समितिले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन् । स्थानीयले ‘हाम्रो सडक हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर केहीबेर नाराबाजी समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


स्थानीयको प्रदर्शनका कारण केहीबेर राजधानी भित्रिने र बाहिरिने सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको थियो ।

कलंकी–नागढुंगा सडक निर्माण शुरु भएको लामो समय गुज्रिसके पनि यो अझै सम्पन्न भएको छैन । बाटो निर्माण अलपत्र पर्दा स्थानीयले सडक असुविधासँगै बर्षैदेखी धूलो–धुवाको सामना गरिरहेका छन् ।

स्थानीय ईश्वर लामाले सडक निर्माणका लागि सरकारलाई आग्रह गर्दा गर्दै हैरान भएको बताए । उनले शैलुङ कन्ष्ट्रक्सनको लापरवाहीले सडक निर्माण प्रभावित भएकाले कारबाही गरेर गति दिन सरकारसँग आग्रह गरेका छन् ।