नयाँ दिल्ली– भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो । प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न छ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।


ADVERTISEMENT

# # #


ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् । हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशङ्कामा छ जना व्यक्तिकालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको छ ।

भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानुन ल्याइएको छ । तर सो कानुनले पनि यस्तो कुकर्मलाई भने रोक्न नसकेको बताइन्छ । रासस÷एएफपी

प्रतिकृया

प्रतिकृया