काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै २० दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ ।


ADVERTISEMENT


उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पुर्याइएको हो । उनलाई ल्याइएको हेलिकोप्टर बिहीबार साँझ ६ः४५ बजे टुँडिखेलमा अवतरण गरेको छ ।


ADVERTISEMENT

# # #


त्यहाँबाट उनलाई गाडीमा राखेर त्रिवि शिक्षण अस्पताल लैजाने तयारी छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा डा केसीको उपचार गर्ने तयारी सरकारले गरेको छ ।