काठमाडौं – सरकारले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।


ADVERTISEMENT


सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो । जसको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एकरएक जना सहसचिव रहनेछन् ।


ADVERTISEMENT

# # #


वार्ता टोलीले वार्ताको कार्यविधि र स्थान आफै तय गर्ने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।