काठमाडौं– विश्वकपमा ब्राजिललाई हराएपछि बेल्जियमका प्रशिक्षक रोवर्टो मार्टिनेज यसो भने –


ADVERTISEMENT


“हामीलाई थाहा थियो, ब्राजिल बलियो र सक्षम छ । सक्षम टोलीलाई रोक्न हामीले पनि धेरै मेहनत गर्‍यौं । मेरा खेलाडीको आँखामा जसरी पनि खेल जित्नुपर्छ भन्ने भावना थियो । ३२ वर्षपछि हामीले सेमिफाइनलमा स्थान बनाएका छौं । खेलाडीलाई प्राविधिक रूपमा बलियो बनाउन धेरै कठिन थियो ।”


ADVERTISEMENT

# # #


उनले भने “बलियो टोली ब्राजिललाई रोक्न पनि बलियो रणनीति अपनाउनु पथ्र्यो । हामीले जब २–० को अग्रता लियौं, त्यसपछि रक्षापंक्ति र काउन्टर प्रहार दुवैमा ध्यान दियौं । ”

उनले बताए “सहज अवस्थामा बल अगाडि लैजाने अन्यथा ब्राजिललाई बल हान्न नदिने । तर पनि ब्राजिलले दोस्रो हाफमा सोचेकोभन्दा माथिल्लो स्तरको फुटबल खेल्यो । त्यसलाई जित्न हाम्रो ट्याक्टिसले पनि नभ्याउने थियो । फुटबलमा सफलता हात पार्न खेलले मात्र होइन, आत्मविश्वास पनि चाहिन्छ । हामीलाई त्यही आत्मविश्वासले बढी साथ दियो ।“

–रोवर्टो मार्टिनेज, बेल्जियमका प्रशिक्षक